काठमाण्डौँ — नेपाल उद्योग वाणिज्य महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष चण्डिराज ढकालले दुई तिहाई बहुमतको सरकार गठन भएको नौ महिनासम्म पनि मुलुकमा समृद्धिको अनुभुति हुन नसकेको बताउनु भएको छ ।
रिपोटर्स क्लव नेपाल प्रदेश नम्वर ५ दाङले दाङको तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै विशिष्ट सदस्य ढकालले सो कुरा बताउनु भएको हो ।
गुजारामुखी अर्थतन्त्रलाई प्रतिस्थापन गरी निर्यातमुखि अर्थतन्त्रको विकास भएमात्र मुलुकमा आर्थिक समृद्धिको लक्ष हासिल हुने उनले बताए ।
महासंघका उपाध्यक्ष चन्द्र प्रसाद ढकालले दाङमा एग्रो इन्डष्ट्रिजको प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै, त्यसको वातावरण बनाइदिन स्थानिय सरकारलाई आग्रह गरे ।
FACEBOOK COMMENTS