काठमाडौँ, भदौ २९ – वीरगञ्जमा कोरोना संक्रमण भई उपचाररत एक महिलाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका-१० की ५५ वर्षीया महिलाको मृत्यु भएको हो ।
नारायणी अस्थायी कोभिड अस्पताल गण्डकमा उपचारको क्रममा आइतबार दिउँसो २:५५ बजे उनको मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिए ।
कोभिड निमोनियका कारण लामो समयसम्म आईसीयुमा उपचाररत उनलाई शनिबार भेन्टिलेटरमा राखिएको थियो । भेन्टिलेटरमै उनको मृत्यु भएको थियो ।
नारायणीमा उपचारको क्रमममा भदौं १२ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई गण्डक कोभिड अस्पतालमा सारिएको थियो । २२ गते गरिएको दोस्रो पीसीआर परीक्षण रिपोर्ट पनि पोजेटिभ नै आएको थियो ।
दुवै फोक्सो सुकिसकेको उनको एक्युट रेस्पाईर्याटरी डिस्ट्रेस सिन्ड्रोम ९एआरडीएस० अर्थात श्वासप्रश्वास प्रणाली फेल भएर मृत्यु भएको गण्डक कोभिड अस्पतालले जनाएको छ ।
FACEBOOK COMMENTS