काठमाडौँ, असोज ३० – मेक्सिकोमा कोरोना भाइरस (कोभिड-१९)बाट मृत्यु हुनेको संख्या ८५ हजार नाघेको छ । मेक्सिकोको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार अहिलेसम्म मेक्सिकोमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८५ हजार २८५ पुगेको हो । पछिल्लो २४ घण्टामा मात्र मेक्सिकोमा ३८७ जनाको मृत्यु भएको हो ।
त्यस्तै मेक्सिकोमा कोरोनाबाट संक्रमित हुनेको संख्या पनि आठ लाख ३४ हजार ९१० पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र मेक्सिकोमा कोरोनाका पाँच हजार ५१४ नयाँ संक्रमित थपिएका हुन् ।
FACEBOOK COMMENTS