काठमाडौं, २९ मंसिर – कोरोना भाइरसविरुद्वको खोप निर्माता चिनियाँ कम्पनी क्यानसिनो बायोलजिक्ससंग मेक्सिकोले ३५ करोड डोज खरिद गर्ने भएको छ । मेक्सिकोका विदेश मन्त्रीलयस बारे जानकारी दिएको छ ।
क्यानसिनोले मेक्सिकोमा तेस्रो चरणको परिक्षण नोभेम्बर ६ बाट सुरु गरिसकेको छ । त्यसैबीच विदेशमन्त्री मारसेलोले आफ्नो सामाजिक सञ्जाल ट्वीटर मार्फत समझौत गर्न विषयलाई अवगत गराएका थिए । कम्पनी र मेक्सिको सरकारबीच खोपबारे अक्टोबरमै सम्झौता बारे कुराकानी समेत भइसकेको थियो ।
क्यानसिनोले २०२० को अन्तयदेखि सम्झौता अनुसार खोपको वितरण गर्ने भएको छ । मेक्सिको सरकारले कोरोनाको खोपको सम्झौता एस्ट्रेजेनेका, फाइजर र कोभ्याक्स संग पनि गरेको छ । क्यानसिनोको पहिलो र दास्रो चरणको नतिजा साकारात्मक देखिएको थियो ।
FACEBOOK COMMENTS