काठमाडौं – मेगा बैंक नेपाल लिमिटेडले एकैदिन १८ वटा शाखाबाट औपचारिक रुपमा कारोबार शुरु गरेको छ । ४ वटा नगरपालिका र १४ वटा गाउँपालिकामा विस्तारित १८ वटा नयाँ शाखाको आइतबार एकैदिन उद्घाटन गरिएको हो ।
जसमध्ये नगरपालिकाहरुमा तनहुँको भानु, रुपन्देहीको सैनामैना, सिराहाको लहान र स्याङ्जाको भीरकोटमा मेगा बैंकको नयाँ शाखाले आइतबारबाट औपचारिक कारोबार शुभारम्भ गरेका छन् ।
यसैगरी, शाखा विस्तार भएका १४ वटा गाउँपालिकामा धादिङको त्रिपुरासुन्दरी, गोरखाको भीमसेन, सिन्धुपाल्चोकको हेलम्बु, इन्द्रावती र पाँचपोखरी, सर्लाहीको रामनगर, सिराहाको विष्णुपुर, धनुषाको लक्ष्मीनियाँ, पाँचथरको कुमायक, इलामको रोङ, ओखलढुंगाको खिजिदेम्बा, उदयपुरको रौतामाई, बर्दियाको गेरुवा, प्युठानको ऐरावती रहेका छन् ।
यस्तै, रामनगर गाउँपालिकाका रामनगर शाखा, विष्णुपुर गाउँपालिकाका विष्णुपुर शाखा, लक्ष्मीनियाँ गाउँपालिकाका लक्ष्मीनियाँ शाखा, कुम्यायक गाउँपालिका कुम्मायक शाखा, रोङ गाउँपालिकाका रोङ शाखा, खिजिदेम्बा गाउँपालिकाका खिजिदेम्बा शाखा, रौतामाई गाउँपालिकाका रौतामाई शाखा, गेरुवा गाउँपालिकाका गेरुवा शाखा र ऐरावती गाउँपालिकाका ऐरावती शाखामा कारोबार शुरु भएको छ । यसअघि गत बिहीबार धादिङको ज्वालामुखी गाउँपालिकामा मेगा बैंकको नयाँ शाखा उद्घाटन गरिएको थियो ।
ग्राहकहरुको विश्वास जित्दै अघि बढिरहेको मेगा बैंकले बैंकिङ पहुँच भन्दा बाहिर रहेका नेपालीहरुलाई ‘हलोदेखि हाइड्रोसम्म’को सेवा पुर्याउने उद्देश्यले ग्रामीण भेगमा शाखा विस्तारलाई तिव्रता दिएको छ ।
मेगा बैंकका देशभर १०२ शाखा, १९ वटा एक्सटेन्सन काउन्टर, ८५ वटा एटीएमको सञ्जाल, ११९ वटा शाखारहित केन्द्रहरु र २३ सय भन्दा बढी मेगा रेमिट एजेण्ट छन् ।
FACEBOOK COMMENTS