काठमाण्डौ, भदौ १३ – मेगा बैंक पोखरामा कार्यरत एक कर्मचारीसहित गण्डकीमा ७ जनामा कोरोना पुष्टि भएको छ । मेगा बैंकको पोखरा १० बगर शाखामा कार्यरत महिला कर्मचारीमा संक्रमण पुष्टि भएको हो । यसैगरी लमजुङका ६ सुरक्षाकर्मीमा पनि कोरोना पुष्टि भएकोे हो ।
यो सँगै गण्डकीमा कोरोना पुष्टि हुनेको संख्या २०९४ पुगेको छ । लमजुङमा कार्यरत ५ पुरुष प्रहरी र एक महिला प्रहरीमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । संक्रमित सातै जना कन्ट्याक्ट ट्रेसिङमा परेको निर्देशनालयका निर्देशक डाक्टर विनोद विन्दु शर्माले जानकारी दिए ।
संक्रमितहरुलाई आइसोलेसन कक्षमा लैजाने तयारी भई रहेको छ । गण्डकीमा कोरोना संक्रमणबाट १२ जनाले ज्यान गुमाई सकेका छन् ।
FACEBOOK COMMENTS