काठमाण्डौँ — मेगा बैंकले अष्ट्रेलियाबाट पनि ‘मेगा रेमिट ’ सेवा सुरु गरेको छ ।
बैंकले अष्ट्रेलियाको अजीज फरेक्स एण्ड फाइनान्स कम्पनीसँगको साझेदारीमा अष्ट्रेलियाबाट ‘मेगा रेमिट’ सेवा सुरु गरेको हो ।
सेवा प्रारम्भ भएपछि अष्ट्रेलियाबाट नेपालमा मेगा बैंक र मेगा बैंकका देशभर छरिएका २३ सय भन्दा बढी एजेण्टमार्फत तुरुन्तै रकम पठाउन र भुक्तानी लिन सकिनेछ ।
मेगा बैंकमै खाता भएका ग्राहकहरुका लागि रेमिट सेवा निःशुल्क गरिएको बैंकले जनाएको छ ।
FACEBOOK COMMENTS