काठमाण्डौँ — मेगा बैंक नेपाल लिमिटेडका १८ वटा शाखाले एकैदिन औपचारिक रुपमा कारोबार सुरु गरेका छन् ।
४ वटा नगरपालिका र १४ वटा गाउँपालिकामा विस्तारित १८ वटा नयाँ शाखाको एकैदिन उद्घाटन गरिएको हो ।
जसमध्ये नगरपालिकाहरुमा तनहुँको भानु, रुपन्देहीको सैनामैना, सिराहाको लहान र स्याङ्जाको भीरकोटमा मेगा बैंकको नयाँ शाखाले आइतबारबाट औपचारिक कारोबार शुभारम्भ गरेका छन् ।
भानु नगरपालिकाका मेयर उदयराज गौलीले भानु शाखा, सैनामेना नगरपालिका मेयर चित्रबहादुर कार्कीले सैनामैना शाखा, लहान नगरपालिकाका मेयर मुनी साहले लहान शाखा र भीरकोट नगरपालिकाका मेयर छायाँराम खनालले भीरकोट शाखाको उद्घाटन गरे.।
यसैगरी, शाखा विस्तार भएका १४ वटा गाउँपालिकामा धादिङको त्रिपुरासुन्दरी, गोरखाको भीमसेन, सिन्धुपाल्चोकको हेलम्बु, इन्द्रावती र पाँचपोखरी, सर्लाहीको रामनगर, सिराहाको विष्णुपुर, धनुषाको लक्ष्मीनियाँ, पाँचथरको कुमायक, इलामको रोङ, ओखलढुंगाको खिजिदेम्बा, उदयपुरको रौतामाई, बर्दियाको गेरुवा, प्युठानको ऐरावती रहेका छन् ।
मेगा बैंकले बैंकिङ पहुँच भन्दा बाहिर रहेका नेपालीहरुलाई ‘हलोदेखि हाइड्रोसम्म’को सेवा पुर्याउने उद्देश्यले ग्रामीण भेगमा शाखा विस्तारलाई तिव्रता दिएको छ ।
मेगा बैंकका देशभर १०२ शाखा, १९ वटा एक्सटेन्सन काउन्टर, ८५ वटा एटीएमको सञ्जाल, ११९ वटा शाखारहित केन्द्रहरु र २३ सय भन्दा बढी मेगा रेमिट एजेण्ट छन् ।
FACEBOOK COMMENTS