काठमाडौं साउन २९। मेगा बैंक नेपालले आर्थिक वर्ष २०७५।०७६ को चौथो त्रैमास अवधिसम्ममा १ अर्ब ७१ करोड ९३ लाख रुपैयाँ नाफा कामएको छ । अघिल्लो आर्थिक वर्षमा १ अर्ब ३१ करोड ७४ लाख रुपैयाँ खूद मुनाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष बैंकको नाफा ३०.५१ प्रतिशतले बढेको हो ।
बैंकले गत वर्ष निक्षेप संकलनमा पनि राम्रो प्रगति गरेको देखिएको छ । गत आवमा बैंकको कुल निक्षेप १८ अर्ब ८९ करोडले वृद्धि भई ८१ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ जुन ३०।०१ प्रतिशतको बढी हो ।
बैंकले वितरणयोग्य मुनाफामा भने उल्लेख्य वृद्वि गरेको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष ९२ प्रतिशतले वितरणयोग्य मुनाफा वृद्वि गर्न बैंक सफल भएको छ ।
त्यसैगरी, खुद कर्जा तथा सापटी १५ अर्ब ४८ करोडले वृद्धि भई ७२ अर्ब ७४ करोड रुपैयाँ कायम भएको छ जुन २७।०३ प्रतिशतको वृद्धि हो ।
हाल मेगा बैंकले देशभर १०२ शाखा, १९ वटा एक्सटेन्सन काउन्टर, १०३ वटा एटीएम सञ्जाल, ११९ वटा शाखारहित बैंकिङ केन्द्रहरु र २,५०० भन्दा बढी मेगा रेमिट एजेन्टमार्फत आफ्नो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ । निकट भविष्यमै थप नयाँ शाखा एवं काउन्टरहरु ल्याउने तयारीमा बैंक रहेको छ ।
FACEBOOK COMMENTS