काठमाडौं, जेठ २५ – मेगा बैंकले एसबी सल्युसन प्रालिसँग सहकार्य गरेर ‘क्रेडिट एक्स’ नामक ऋण अटोमेशन प्रणालीको शुरूवात गरेको छ । यसले अनलाइन ऋण आवेदन, इन्टर्नल ऋण वर्कफ्लो, जोखिम मूल्याकङ्न, ऋण स्वीकृतिलाई स्वायत्त र डिजिटाइज गर्ने बैंकले बताएको छ ।
मेगा बैंकका प्रमुख व्यवसाय अधिकारी अमित श्रेष्ठ र एसबी सल्युसनका अध्यक्ष विपुल ढकालले सो सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् । क्रेडिट–एक्स (ऋण अटोमेसन प्रणाली)ले जोखिम प्यारामिटरहरूको अनुगमन गरेर ऋण लिएका ग्राहकहरूसँग सम्बन्धित जोखिम न्यूनीकरण गर्नलाई पनि सहयोग पुर्याउने बताइएको छ । यो नयाँ तरिकाले बैंकलाई द्रुत गतिमा ऋण प्रक्रिया पूरा गर्न मद्दत गर्ने विश्वास गरिएको छ ।
साथै ऋण स्वचालन प्रणाली अन्तर्राष्ट्रिय मापदण्ड अन्तर्गत रहेको रेटिङको दृष्टिकोणमा निर्माण गरिएको यो प्रणालीले जमानत र गैरजमानत बेसलोन पनि प्रोसेस गर्ने छ । यो स्वायत्त सिस्टम, प्रणालीले सञ्चालित ग्राहकको उद्देश्य मूल्याङ्कनका साथै विषयगत प्यारामिटरहरूको मानकीकरणको रूपमा पनि रहेको छ ।
नयाँ प्रणाली कार्यान्वयनमा आएसँगै बैंक र अन्तका उपभोक्ताहरूले प्रशोधन र स्वीकृति प्रक्रियाको टर्न अराउन्ड समयमा ५० प्रतिशत भन्दा बढी कटौतीको अनुमानित लाभ लिन पाउने छन् । बैंकले एसबी सल्युसनले निर्माण गरेको अनलाइन ऋण योग्यता सेवा पनि सुचारु गर्दैछ, जसले ग्राहकहरूलाई अनलाइन ऋण योग्यता जाँच गर्न र बैंकले प्रस्ताव गरेको अनलाइन पोर्टलमार्फत कुनै पनि ऋण प्रडक्टका लागि आवेदन दिन सहयोग पुर्याउने बताइएको छ ।
FACEBOOK COMMENTS