काठमाडौं,फागुन २२- आज विभिन्न स्थानहरुमा मेघ गर्जन, चट्याङ, हावाहुरी र असिना पानीको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल नेपालमा पश्चिमी एवम् स्थानीय वायुको प्रभाव रहेको छ ।
बिहीबार बिहान जारी बुलेटिनमा पहाडी भू(भागमा मेघ गर्जनरचट्याङसहित वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन अनुरोध गरिएको छ। हाल देशको पहाडी क्षेत्रमा बदली भएको र बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ ।
दिउँसो देशको पश्चिमी क्षेत्रमा सामान्य बदली हुनेछ । भने मध्य र पूर्वी क्षेत्रमा आंशिक बदली हुनेछ । पश्चिमी भूभागका केही क्षेत्रमा मेघ गर्जन, चट्याङ, हावाहुरी, असिनासहित वर्षाको सम्भावना रहेको छ ।
यता, मध्य र पूर्वी पहाडी क्षेत्रमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको छ ।
FACEBOOK COMMENTS