अनुपमा खुञ्जेली मेगा बैंक नेपालकी प्रमुख कार्यकारी अधिकृत हुन् । नायब प्रमुख कार्यकारी अधिकृतलबाट उनलाई प्रमुख बनाइएको हो । सन् १९९१मा तल्कालिन ग्रिनलेज बैंक अर्थात अहिलेको स्ट्यान्डर्ड चार्टड बैंकबाट करिअर सुरु गरेकी खुन्जेलीले २७ वर्ष बैंकिङ करिअरमा बिताइसकेकी छिन् । उनी स्थापनाकालदेखि नै मेगा बैंकमा कर्यरत छिन् ।बैंकिङ कारोबारका समस्या र मौद्रिक नीतिले ब्याज घट्ने भनिएपनि नघट्नुको कारण बारे उनी संग बसन्त अर्याल ले गरेको कुराकानीः
सर्वसाधरण किन अझै बैंकिङ कारोबारमा आउन सकेको छैन ?
अझै पनि ६० प्रतिशत जनसंख्या बैकिङ कारोबार बाहिरै छ । नेपालको हरेक क्षेत्रमा प्रविधी भित्रिसकेको छ । तर हामी अझै तिनको प्रयोग गर्न सकेका छैनौ । पैसा ट्रन्सफर देखी धेरै कुरा मोबाईल बैंकिङबाट हुन सक्छ तर धेरै बैंक नै धाईरहेका हुन्छन् । बैकिङ कारोबार गर्नेले पनि यस्ता सेवा प्रयोग गरेका छैनन् । अब बैकमै नआउने हेन्ड टु हेन्ड कारोबार गर्ने झन् धैरै छन् । त्यसैले अब सरकार पनि गाउँ गाउँमा बैंक पु¥याउने योजनामा लागिरहेको छ । सरकारी लेन देन बैकिङ प्रणलीबाट शुरु गर्ने योजना बनेका छन् अब ह्वात्तै बैकिङ कारोबार बढ्ने देखिन्छ । हामी बैंक पनि सबै प्रदेशमा फैलन चाहेका छौ । बैकहरुले गाउँ गाउँमा साखा खोलिरहेका छन् । यसले सर्बसाधरण र बैकलाई जोड्छ ।
बैंकमा जोडिएकाहरु पनि कुन बैकबाट कारोबार गर्ने भन्ने अन्योलता देखिन्छ नि ?
कुन बैंक राम्रो भन्ने अन्योलता हो भने बैंकहरुको आँकडा नै हेर्नु पर्छ । जस्तो मेगा बैंक पुँजीको आधारमा दोस्रो ठुलो बैकमा आईसकेको छ । यो हामी जम्मा ८ वर्षमा नै यति ठुलो प्रगति गरेका हौ । हाम्रा सेयर होल्डरको जोखिम विना यो संभाव थिएन । अर्को एमपिए लेभल, अन्तराष्ट्रिय मापदण्डमा एमपिए लेभल हेर्ने हो भने १ प्रतिशत भन्दा तल नै छौ । अर्को व्यजदर त वाणिज्यहरुमा लगभग उस्तै हो । हामी साना देखी ठुला कर्पोरेट हाउस संग कारोबार हुन्छ । हाम्रो ग्रहाक संख्या पनि ५ लाख भन्दा माथि पुगिसक्यो ग्रहाकले हेर्न यस्ता कुरा हो । कुन बैंक विश्वाश योग्य छ भन्नलाई माथिका कुरा हेर्यो भने अन्योलता हट्छ ।
ऋण प्रवाहमा अरु जस्तै हो की मेगा बैंकको केहि फरक छ ?
सबै बैंकको ब्यजदरको कुरा गर्ने हो भने त्यही एक दुई प्रतिशत मात्र फरक हो । ग्रहकले हेर्ने भनेको सेवा र सुविधा नै हो । हामीले अहिले ‘ट्वाटी फोर सेभेन’ सर्भीस ल्याएका छौ । यो भनेको २४ घण्टा भित्रमा निर्णय दिने हो । कसैले कर्जाको माग गर्छ भने हामी २४ घण्टा भित्र सबै अध्यायन गरी प्रकिया पु¥याई निर्णय दिन्छौ । यदि हामीले गछौ भन्यौ भने एक हप्ता भित्र डेलिभर पनि गछौ । ब्याजदर भन्दा पनि सेवाले नै ग्रहाकलाई खुसी बनाउँछौ । हामी हरेक वर्ष ग्राहकको आवश्यकता के हो भन्नेकुराको पनि अध्यान गर्छौ । अब हामी डिजिटल सर्भीसमा फाईट गर्ने हो । हामीले त्यसको लागि थुप्रै कुरा अनलाइन बाटै गर्न सकिने बनाएका छौ । अर्को शाखा रहित बैंकिङ सेवा खोलीसकेका छौ जसले ग्रहाकलाई कारोबार गर्न सजिलो भएको छ ।
ऋण लिनको लागि धेरै अझै डराउँछन् किन ?
हाम्रो समाजमा विकासित देशमा जस्तो ऋण लिएर व्यवसाय गर्ने कल्चर भर्खर शुरु भएको छ । आफ्नो इज्यत जान्छ कि , बाउ बाजेको ईज्यत जान्छ कि भन्ने डर अझै पनि नेपालीमा छ । जब साक्षरता दर बढ्दै जान्छ , मैले ऋण लिएर व्यवसाय गर्न सक्छु , लिएको ऋण यसरी तिर्न सक्छु भन्ने योजना बनाउन थाल्छन् । अनि बल्ल ऋण लिनको लागि कोहि डराउँदैन । जब सम्म पैसाको कारोबार गर्ने आट मानिसमा हुँदैन तब सम्म ऋणलिएर कारोबार गर्छु भन्ने मानिस हुँदैन । अहिले साक्षरता दर नै कमी छ त्यसैले मानिस डराउँछन् ।
वित्तिय साक्षरता बढाउने भुमिका बैंकको कि सरकार को ?
राजनितिक स्थिरता आए संगै सरकार , बैंक लगाएत विभिन्न संस्थाले साक्षरता बढाउने काममा लगि रहेका छन् । बैंकहरुले पनि आफ्नो सामजिक उत्तरदायित्व अन्तरर्गत साक्षरता अभियान पनि गरेका छन् । अहिले विस्तारै वित्तिय साक्षरता बढ्दै गएको पनि छ । यो सबैको दायित्य हो ।
अहिले ‘बिग मर्जर’को पनि कुरा आएको छ , यो राम्रो कि नराम्रो ?
हामीले अठ अर्बको पुँजी पु¥याउने भन्यौ र पु¥याईपनि सक्यो । यसलाई स्थिरता पनि दिनु पर्छ । यो संगै २८ वटा वाणिज्य बैंकलाई १५ मा झार्नु पर्छ भन्ने पनि आएको छ यो पनि राम्रै कुरा हो । यी दुई कुरालाई कसरी लैजाने भन्ने मात्र हो । अब ठुला लगानी पनि बैंकले गर्न सक्ने भैसके । बिग मर्जरलाई त नराम्रो भन्न मिलेन दुई ठुला वाणिज्य बैंक एक आपसमा गाभिन्छन् भने त राम्रै हो तर बोनस सेयर गर्दै जाने हो भने बैंकहरुलाई ग्राहो हुन्छ ।
मौदिक निति आए पछि बैंकको ब्यजदर स्वत्तै घट्ने अनुमान गरिएको थियो तर ब्याज त घटेन ?
बैकको ब्याजदर घटेकै छैन त भन्न मिल्दैन पहिला हामी १४ प्रतिशत व्याज दिने गथ्यौ तर अहिले ११÷१२ प्रतिशतमा ब्याज दिइरहेका छौ । अब विस्तारै घट्दै जान्छ एकै पटक स्वत्तै घट्ने भन्ने हुँदैन । अहिले प्रत्येक तिन महिनामा रिभ्यु गर्ने भन्ने भएको छ । हामिले केहि महिनामै ब्यजदार घटेको देख्छौ ।
नेपालमा बारम्बार तरलता अभाब आईरहेको हुन्छ , कसरी समाधान गर्न सकिन्छ ?
तरलत अभाव हुनुमा एकैचोटी पुँजी बढ्यो , सबै वाणिज्य बैंकलाई विजनेस ग्रोथ चाहिएको थियो । हामीले सोचे अनुसारले वाणिज्य बैकको संख्या घटेन त्यसकारणले गर्दा पनि समस्या आएको हो । त्यस्तै माग पनि बढ्यो त्यसैले तरलता अभाब भएको हो । अब सबै स्थानिय तह तथा प्रदेशिक तहमा पनि उच्च कारोबार हुने भएकाले यो वर्ष तरलता अभाब नहुने देखेका छौ ।
समृद्ध राष्ट्र बनाउन बैंकले के गर्न सक्छ ?
राज्यले हाम्रो प्रथमिकता के भनेर तोक्नु पर्यो । हाम्रो प्रथमिकता हाड्रो, टुरिजम्म सेक्टर, कृषी प्रधान देश नै हो । यसमा पनि कुन क्षेत्रमा अलि बढी प्रथामिकता दिने भनेर योजना बनाउनु पर्छ । हामीले आज सम्म हाड्रोमा राम्रो छौ भनेका छौ । त्यसोभए यसमा अलि बढि ध्यान दिउँ न । सबै मिलेर एउटा पाईलट पोजेक्ट गरौन त । यसमा सफल भए अर्कोमा यसरी हात बढौला । फेरी यसको मतलब अरु सबै छाड्ने भनेको होईन एउटालाई अलि बढी प्रथामिकता दियौ भने हामी सफल हुन सक्छौ ।
मेगा बैंक छोटो समयमै धेरै प्रगति गर्यो भनेर दाबि गर्नु भएको छ , कसरी संभव ?
सबै भन्दा ठुलो कुरा यहाँका कर्मचारीनै हुन बैंकलाई माथि पुर्याउने । अको भनेको बोर्ड मेम्बरले योजनाहरु बनाउनु हुन्छ त्यसको कार्यन्यन एउटा सिइयोले सहि ढङ्गले कार्यन्यन गर्नु हो । टिम वर्क राम्रो भएपछि सफलता हासिल गर्न सकेका हौ । आफ्नो उद्देश्य हासिल गर्नको लगि वर्षमा ३ पटक मेगा लर्निङ सेन्टर मार्फत यहाँको कर्मचारीलाई तालिम दिदै आएका छौ ।
अन्त्यमा अठ्ठाईस वटा वाणिज्य बैंक मध्ये मेगामा मात्र महिला सिइयो हुनुहन्छ । महिला सिइयो बन्न कति सहज र कति असहज देख्नुहुन्छ ?
हामी जति नै समानताका कुरा गरे पनि महिलालाई धेरै अवरोधहरु छन् । हाम्रो बोर्ड मेम्बरले ग्लास ब्रेक गरेरै मलाई एउटा डिसिजन गर्ने ठाउँमा पुर्याउनु भयो । मलाई विश्वास गरेकोमा म धन्यवाद व्यक्त गर्न चाहान्छु । महिलाहरु सिनियर पदमा त पहिला पनि पुगेका थिए । मिडियम तहमा त धेरै नै छन् तर डिसिजन मेकिङ लेभलमा म पुगेकि छु । अब मेरो कर्यकालले पनि अरु महिलालाई कति माथि ल्याउने भन्ने निर्धारण गर्छ । म सफल हुनु भनेको महिलामाथि विश्वासको वातावरण बन्नु पनि हो । हेरौं म सफल भए, अरुले पनि महिलालाई निर्णयक भुमिकामा पुर्याउन हिचकिचाउने छैनन् ।
FACEBOOK COMMENTS