काठमाडाैँ । मेरो माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाको संचालक समितिको निर्वाचन हुने भएको छ । कम्पनीमा सर्वसाधारण समूह प्रतिनिधिव गर्ने संचालक पदका लागि निर्वाचन हुने भएको हो । कम्पनीको निर्वाचन माघ ४ गते हुँदैछ । निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन कार्यक्रम कार्यतालितका प्रकाशन गरेको छ।
कार्यालयका अनुसार पुस २५ गते बिहान ११ बजे मतदाता नामावली प्रकाशन हुनेछ । सोही दिन ११.१५ बजेदेखि २.४५ सम्म नामावलीमा दावी विरोध हुनेछ । यसका साथै सोही दिन ३ बजेदेखि भने मतदाता नामावलीमा छानविन गरि अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।
पुस २६ गते शुक्रबार भने उम्मेदवारको मनोनयन पत्र दर्ता हुने छ । मनोनयन शुक्रबार ११.३० बजेदेखि २.३० बजेसम्म हुनेछ । सोही दिन २.२४ बजेपछि मनोनयन पत्र दर्ता गराएका उम्मेदवारहरुको सूची प्रकाशित हुनेछ भने ३ बजेपछि ४ बजेसम्म भने उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ ।
कार्यालयका अनुसार पुस २८ गते आइतबार बिहान ११ बजे मनोनयन पत्रको जाँच र उजुरी उपर निर्णय गरि उम्मेदवारको नामावली प्रकाशित गर्ने र सोही दिन ११।१५ देखि २ बजेसम्म नाम फिर्ता लिने तालिका छ । त्यसपछि २ः१५ पछि भने उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने तोलिका छ ।
आगामी माघ ४ गते भने मतदान हुनेछ । सोही दिन मतगणना गर्ने र परिणाम घोषणा गर्ने कार्यतालिका छ ।
FACEBOOK COMMENTS