काठमाण्डौं — संसद्को अर्थ समितिले मेलम्ची खानेपानीमा देखिएको अन्योल तत्काल अन्त्य गरी काम सुचारु गर्न खानेपानी तथा सरसफाइ मन्त्रालयलाई निर्देशन दिएको छ ।
बिहीबार बसेको समितिको बैठकले आयोजनाको लागत नबढ्ने गरी काम सुचारु गर्न निर्देशन दिएको हो ।
समितिका सभापति कृष्णप्रसाद दाहालले तत्काल सुचारु गर्न निर्देशन दिएका हुन् ।
पूर्व अर्थमन्त्री एवं सांसद ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्री र सचिवले प्राविधिक कुरा देखाएर आफ्नो जिम्मेवारीबाट पन्छिनेगरेको आरोप लगाए ।
— कान्तिपुर
FACEBOOK COMMENTS