काठमाडौं, असोज ५ – एक वर्षअघि ९७ प्रतिशत काम सकिएको भनिएको बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी राजधानी ल्याउन अझै कम्तीमा ६ महिना लाग्ने भएको छ।
गत असारको अन्तिम साता पानी परीक्षणका क्रममा भत्किएको सुरुङको ढोका मर्मत र जडान गर्न ढिलोमा फागुनसम्म लाग्ने आयोजनाले जनाएको हो।
त्यसपछि पुनः परीक्षण सकेर पनि सुरुङको प्राविधिक प्रक्रिया पूरा गर्न थप समय लाग्ने आयोजनाका प्रवक्ता तथा उपकार्यकारी निर्देशक कमलराज श्रेष्ठले जानकारी दिए।
FACEBOOK COMMENTS