काठमाण्डौँ — मेलम्ची खानेपानी आयोजना स्थलमा करोडौंका उपकरण, सवारी साधन र मेसिन थन्किएका छन् ।
ठेकेदार कम्पनी सीएमसीले काम छाडेपछि उपकरणहरू आयोजनास्थलमा थन्किएका हुन् ।
काम रोकिए पनि सामान फिर्ता लैजान नदिँदा झन्डै ३० करोड बराबरको मेसिन र सामान अलपत्र परेको पीडित र्फमवाला र ठेकेदारले बताएका छन्।
पाँच जेसीभी, तीन एक्जाभेटर, एक टिपरसहित बोलेरो तीन महिनादेखि यत्तिकै थन्किएको सीएमसी पीडित संघर्ष समितिका सचिव राजकुमार भट्टराईले बता ।
समितिका १२ र्फमवालामध्येको ३० करोडका उपकरणसहित सवारी आयोजनास्थलमा खिएर बिग्रने अवस्थामा पुगिसकेको उनले बताए ।
— कान्तिपुर
FACEBOOK COMMENTS