काठमाडौं– मेलम्ची खानेपानी आयोजनाको टनेलमा दुई महिना पछि पानी छोडिने भएको छ ।
आयोजनाको ८५ प्रतिशत टनेलको काम सकिएपछि पानी छोड्ने तयारी गरिएको हो ।
हाल टनेलको २४ किलोमिटर फिनिसिङ सकिसकेको छ ।
संसदको विकास तथा प्रविधि समितीको बैठकमा सचिव ठाकुरले हालसम्म २६.३५ अर्ब रुपैंया खर्च भैसकेको खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले बताए ।
ठाकुरले भने ‘हामीले सबै शक्ति केन्द्रित गरेर आयोजनाको काम गरिरहेका छौं । अहिले दैनिक ९० मिटरसम्म फिनिसिङको काम भैरहेको छ, सोहि गतिलाई कायम राख्न सकिए अबको ४० दिनमा टनेल फिनिसिङ हुन्छ, यसपछिको चरणमा हामी टनेलमा पानी छाड्नेछौं ।’
FACEBOOK COMMENTS