काठमाडौं – सरकारले मेलम्ची खानेपानी आयोजना निर्माणको ठेक्का पाएको इटालियन कम्पनी सिएमसीसँगको ठेक्का तोडेको छ ।
सुरुङ र हेडवक्र्सको निर्माणको जिम्मेवारी पाएको इटालियन कम्पनीले काममा फर्कन चासो नदेखाएपछि सरकारले आफैं ठेक्का तोड्ने निर्णय गरेको हो ।
सिएमसीले १४ डिसेम्बरमा ठेक्का तोडेको पत्र आयोजनालाई बुझाएको थियो तर त्यसको केहिदिनपछि नै ठेक्का तोडेको पत्र फिर्ता लिएको थियो ।
सोही समयमा आयोजनाले आफ्नो तर्फबाट ठेक्का तोड्ने जानकारी दिएर १४ दिनको सूचना निकालेको थियो । सिएमसीलाई काममा फर्कन १४ दिनको म्याद दिएर आयोजनाको टोली वार्ता गर्न सिंगापुर गएको थियो ।
सिंगापुरको वार्ताले पनि सकारात्मक परिणाम नदिएपछि ठेक्का तोडेको पत्र पठाईएको हो ।
FACEBOOK COMMENTS