काठमाण्डौँ — खानेपानी तथा सरसफाइ मन्त्रालयले ठेकेदारबारे स्पष्ट निर्णय नलिँदा मेलम्ची आयोजना अनिश्चित बन्दै गएको छ ।
एकतर्फी रूपमा ठेक्का रद्द गरेको इटालियन कम्पनी सीएमसीबाटै काम गराउने वा नयाँ ठेकेदार छनोट गर्ने भन्नेमा अन्योल छ ।
मन्त्रालयका एक अधिकारीका अनुसार सीएमसी कर्मचारीले जनवरी ७ मा आउने जानकारी दिएका थिए ।
सीएमसी केन्द्रीय कार्यालयले आफू आर्थिक रूपमा टाट पल्टेको घोषणा गरेको छ ।
त्यही कारण देखाएर सीएमसी अधिकारीहरूले मन्त्रालयलाई ठेक्का तोडेको पत्र बुझाएका थिए ।
मन्त्रालयले पत्र नबुझी सीएमसीलाई बाँकी काम गर्न आग्रह गरेको थियो ।
मन्त्रालयका प्रवक्ता शंकरप्रसाद सुवेदीले ठेकेदारले आउने नआउनेबारे कुनै प्रतिक्रिया नदिएपछि अन्योल छाएको बताए ।
— कान्तिपुर
FACEBOOK COMMENTS