काठमाडौं, असोज १३ – सिरहाको सुखीपुर नगरपालिका ४ कविलासीको बनिनिया चोकबाट सशस्त्र प्रहरीले मोटरसाइकलसहित १९ किलो गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प सुखीपुरका सशस्त्र प्रहरी नायव निरीक्षक विदेशराज ग्राङ्जा मगरको कमाण्डमा खटिएको गस्ती टोलीले मंगलबार बिहान चेकजाँचको क्रममा को. २९प १४८७ नम्बरको अपाचे मोटरसाइकलसहित १९ किलो गाँजा बरामद गरेको हो ।
सशस्त्र प्रहरी नायव निरीक्षक मगरका अनुसार बनिनिया चोकमा चेकजाँचको क्रममा उत्तरबाट दक्षिणतिर जाँदै गरेको मोटरसाइकल चढेका एक जना फरार भएपछि मोटरसाइकल र गाँजा नियन्त्रणमा लिइएको हो ।
नियन्त्रणमा लिइएको मोटरसाइकल र गाँजा सिलोर्वा पछवारीस्थित प्रहरी चौकीमा बुझाइएको उनले बताए । उनका अनुसार बरामद गरिएको मोटरसाइकल कसको हो भन्ने खुलिसकेको छैन ।
FACEBOOK COMMENTS