काठमाडौँ — कार्तिक ४। धेरै युवतीहरु शरिरको मोटोपना बढ्दा चिन्तित हुन्छन् । उनीहरुलाई यो खबरले खुशी तुल्याउनेछ । मोटोपना भएका युवतीहरुको सौन्दर्य प्रतियोगिता ‘सुपर प्लस साइज मोडल नेपाल’को तेश्रो सिजन आयोजना हुँदैछ ।
मोडल सङ्स नेपालले ओमानियाको प्रस्तुतीमा ‘सुपर प्लस साइज मोडल नेपाल,२०२०’ सिजन—३ आयोजना गर्न लागेको हो । प्रतियोगितामा १६ देखि ५५ बर्ष उमेर समूहका विवाहित तथा अविवाहित महिलाहरुले भाग लिन सक्नेछन् । ५५ केजीभन्दा माथिको तौल भई स्प्ष्ट रुपमा मोटोपना देखिएको हुनुपर्ने प्रावधान तोकिएको छ ।
आयोजक संस्था मोडल सङ्स नेपालका प्रमुख डेबिल सिंह राजपुतका अनुसार काठमाडौँको बानेश्वरस्थित रोयल एलिनाज रेस्टुरेन्टमा कार्तिक ३० गत्ते हुने अडिसनमार्फत छनोट हुने प्रतिस्पर्धीहरुलाई करिव एक महिना लामो विशेष प्रशिक्षण प्रदान गरिने छ । जसमा प्रतिस्पर्धिहरुलाई नेपालका ख्यातिप्राप्त ट्रेनर, कोरियोग्राफरबाट मोडलिङसम्वन्धी ज्ञान तथा प्रशिक्षण दिइनेछ ।
यसै संस्थाले नेपालमै पहिलोपटक मोटोपना भएका युवाहरुका लागि मिस्टर प्लस साईज नेपाल आयोजना गर्दै आएको छ । इभेन्ट आयोजना गर्नुको उदेश्य बारे प्रकाश पार्दै ओमानीयाकी प्रबन्ध निर्देशक प्रियंका बोथ्रा भन्छिन ‘प्लस साइज (मोटोपना)का कारण हिनतावोध भएका युवतीहरुलाई प्रोत्साहन मिल्ने सौन्दर्य र क्षमता भएर पनि सधै पछि परेका अनि आफ्नो मोटोपनले गर्दा आफुलाई एक्सपोज गर्न डराईरहेका महिलाहरुलाई लक्षित गर्दै उनीहरुको क्षमतालाइ अभिबृद्धी गरी समाजमा सकारात्मक सन्देश फैलाउने उद्देश्यले यस ‘सुपर प्लस साइज मोडल नेपाल’ प्रतियोगिताको आयोजना गर्न लागिएको हो।
प्रतियोगिताका विजेताले नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रीय सौन्दर्य प्रतियोगिता “वर्ल्ड टप प्लस साईज, २०२०” मा सहभागिता जनाउन पाउने पनि उनले जानकारी गराईन । उत्कृष्ट तीन रनरअपहरुले विभिन्न गिफ्ट ह्याम्परहरुको साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका बिभिन्न फेशन शो तथा सौन्दर्य प्रतियोगिताहरुमा समावेश हुने अवसर प्राप्त गर्ने जानकारी पनि आयोजक संस्थाले दिएको छ ।
प्रतियोगितामा सहभागी हुन ईच्छुक प्रतिस्पर्धीहरुको निम्ति अडिसन फाराम वितरण कार्य मोडल सङ्ग्स नेपालको कार्यालयबाट कार्तिक ४ गतेबाट प्रारम्भ भएको राजपुतले जनाए ।
FACEBOOK COMMENTS