काठमाडौं– मोतिहारी– अमलेखगंज पेट्रोलियम पाइपलाइनको उद्घाटन भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो निवासबाट र नेपालका प्रधानमन्त्री शर्मा ओलिले सिहदरबाट स्वीच थिचेर गर्ने छन्।
आज उद्घाटन हुने पाइपलाइनमा कम्प्युटरकै माध्यमले पाइपलाइन बन्द र खुला गर्न अमलेखगञ्जमा कन्ट्रोल रुम बनाईएको छ। पेट्रोलियम पाइपलाइनलको क्षमता दैनिक २४ घण्टासम्म संचालन हुन सक्नेछ। तर अहिले पुर्ण क्षमतामा चल्दैन ।
प्रती घन्टा २९४ किलोलिटर तेल पाइपबाट आउँछ। इपलाइनबाट तेल आएको दिनदेखि नै बजारमा पठाइने छ। तेल सुरूमा प्रमुख शहर काठमाडौं, पोखरा र अमलेखञ्जमा पठाइन्छ। अमलेखगन्ज डिपोमा पाइपलाइनबाट आएको तेल भण्डारणका लागि ४ वटा ट्याङ्की राखिएका छन्।
४१ सय किलोलिटर क्षमताका दुई वटा र ३९ सय किलोलिटर क्षमताका दुई वटा ट्याङ्की छन्। ती ट्याङ्कीमा तेल भरेर राखिएको छ। मंगलबारदेखि पाइप २ सय ७५ करोड लागत लागेको छ ।
यसको क्षमता १ करोड ६० रहेको छ ।यस पाइप लाईनबाट तेल ल्याउदा चार सय वटा ट्याङकर विस्तापित हुने निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले बताए।
उनले भने ’हामीले व्यापारीलाई मार्का नपर्ने तरिकाले विस्थापित गर्छौ।
पाइपलाइन ल्याउनको लागि ९ सय किलोमिटर वन तथा चार सय बिजुलीको खम्बा मासेकाले पनि काम छिटो सम्पन्न भएको उनले दाबी गरेका छन्।
FACEBOOK COMMENTS