काठमाण्डौँ — पाइपलाइनबाट इन्धन आयात गर्न अझै थप तीन महिना लाग्ने भएको छ ।
नेपाल आयल निगमले आगामी मार्चभित्र पाइपबाट तेल ल्याउने बताए पनि पाइप विच्छ्याउने रुटमा पर्ने रुख व्यवस्थापन गर्न समय लाग्ने भएकाले केही ढिला हुने भएको हो ।
निगमले २६ किलोमिटर दूरीमा पाइप विच्छ्याइसकेको छ ।
पथलैयादेखि अमलेखगन्ज ९ किलोमिटर दूरीमा रहेका रुख व्यवस्थापन गर्न समय लाग्ने भएपछि पाइपलाइन विच्छ्याउने काम तीन महिना पर सरेको हो ।
हालै मन्त्रिपरिषद्ले स्वीकृत दिएपछि सरकारले रुख व्यवस्थापनको जिम्मा टिम्बर कर्पोरेसनलाई दिएको छ ।
कर्पोरसनले रुख व्यवस्थापन गर्न सात दिन अघि ३० दिने टेन्डर आह्वान गरेको छ ।
टेन्डर प्रक्रियाअनुसार जाँदा रुख व्यवस्थापन गर्न थप तीन महिना लाग्ने मोतीहारी–अमलेखगन्ज पाइपलाइन परियोजनाका संयोजक भानु खनालले बताए ।
— कारोबार
FACEBOOK COMMENTS