काठमाडौं, माघ ७- प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भिडियो कन्फ्रेसमार्फत् आज संयुक्त रुपमा जोगवनी–बिराटनगर इन्टीग्रेटेट चेकपोष्टको उद्घाटन गरेका छन् ।
नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंस्थित कन्ट्रोल रुमबाट र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो कार्यालयबाट स्विच थिचेर विराटनगर एकीकृत जाँच चौकीको उद्घाटन गरेका हुन् । यससँगै विराटनगरमा निर्मित एकीकृत जाँच चौकी ९आइसिपी० मङ्गलबारबाट सञ्चालनमा आएको छ ।
आईसिपी सञ्चालनका लागि आवश्यक संरचनाहरु भवन, पार्किङ स्थल, जाँच पोष्टसहितका संरचना निर्माण गरिएको छ । करिब १ सय ७० विघा क्षेत्रफलमा निर्मित आइसिपी निर्माणमा १ अर्ब १५ करोड खर्च भएको भारतीय पक्षले जनाएको छ ।
FACEBOOK COMMENTS