काठमाडौं, बैशाख ११ – कोभिड १९ महामारी नियन्त्रण गर्ने सुरक्षा तथा स्वास्थ्य निकायको प्रयत्नलाई सहयोग गर्न मोबाइलफोन इम्पोर्टर्स एशोशिएसनले नेपाल प्रहरी अस्पताललाई ४० थान पीपीई (Personal Protective Equipment) तथा ५००० थान मास्क हस्तान्तरण गरेको छ ।
महाराजगंज स्थित नेपाल प्रहरी अस्पतालमा आयोजित समारोहमा मोबाइलफोन इम्पोर्टर्स एशोशिएसनका अध्यक्ष दिपक कुमार मलहोत्रा एवं पदाधिकारीहरुले संयुक्त रुपमा प्रा.प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहलाई सहयोग स्वरुप उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।
अध्यक्ष दिपक कुमार मलहोत्राले यस सहयोगले कोभिड १९ महामारी विरुद्ध लडिरहेका राष्ट्रिय सुरक्षा निकायलाई थप बल प्रदान गर्ने बताए ।
FACEBOOK COMMENTS