काठमाडौं, बैशाख १७ – कोभिड – १९ महामारी नियन्त्रण गर्ने सुरक्षा तथा स्वास्थ्य निकायको प्रयत्नलाई सहयोग गर्न मोबाइल फोन इम्पोर्टर्स एशोशिएसन ले नेपाली सेनाको सैनिक स्वास्थ्य महानिदेशनालयलाई दश हजार थान मास्क हस्तान्तरण गरेको छ ।
भद्रकाली स्थित नेपाली सेनाको मूख्यालयमा आयोजित समारोहमा मोबाइलफोन इम्पोर्टर्स एशोशिएसन अध्यक्ष दिपक कुमार मलहोत्रा एवं पदाधिकारीहरुले संयुक्त रुपमा सहयोग स्वरुप उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।
अध्यक्ष दिपक कुमार मलहोत्राले यस सहयोगले कोभिड- १९ महामारी विरुद्ध लडिरहेका राष्ट्रिय सुरक्षा निकायलाई थप बल प्रदान गर्ने बताए ।
FACEBOOK COMMENTS