काठमाण्डौँ — आन्तरिक राजस्व कार्यालयले सार्वजनिक सूचना जारी गरेको पाँच महिना बितिसक्दा पनि मोरङका ३५ उद्योगी व्यवसायीले अझै कर बुझाएका छैनन् ।
कार्यालयले ७ जेठमा ३७ करदाताको स्थायी लेखा नम्बर, नाम, ठेगाना र कर बक्यौता खुलाई सूचना जारी गरेको थियो ।
उनीहरूबाट २१ करोड ८४ लाख ६१ हजार ६ सय २६ रुपैयाँ उठाउनुपर्नेमा दुई करदाताबाट २३ लाख ८६ हजार ७ सय ३९ रुपैयाँ कर मात्र संकलन भयो ।
बाँकी २१ करोड ६० लाख ७४ हजार ८ सय ८७ रुपैयाँ कर असुल्नुपर्ने देखिन्छ ।
यसमा १६ करोड २१ लाख ४६ हजार ९ सय ३७ रुपैयाँ मूल्य अभिवृद्धि कर (भ्याट) तथा ५ करोड ३९ लाख २७ हजार ९ सय ५० रुपैयाँ आयकर समावेश छ ।
‘धेरैजसो सम्पर्कमै नआएको कार्यालयका प्रमुख दिलीपकुमार गौतमले बताए ।
कर तिर्न नआएपछि उक्त कार्यालयले आयकर ऐन, २०५८ को दफा १०४ देखि १११ सम्म तथा मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा २१९१० अनुरूप कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाएको छ ।
— कान्तिपुर
FACEBOOK COMMENTS