काठमाडौ – अटोमोवाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष कृष्णप्रसाद दुलालले मौद्रिक नीतिले अटोमोवाइल क्षेत्रलाई असहयोग गरेको आरोप लगाए । उनले भने,‘मौद्रिक नीतिमा हामीलाई सौताको छोराको रुपमा हेरियो । हाम्रा माग र सुझावहरु सम्बोधन भएको छैन् ।’
राष्ट्रलाई समुन्नत र समृद्ध बनाउन सवारीसाधन अपरिहार्य रहेकोले देशभरी सडक सञ्जाल पुर्याउने र प्रत्येक नागरिकलाई आवागमनमा सहजता ल्याउन आफ्नै सवारीसाधन होस् भन्ने नीति आउनु पर्नेमा त्यसको ठीक विपरित कर्जा प्रवाहको सीमामार्फत सवारीसाधनमा नै अंकुश लाग्ने गरी विगतमा ल्याईएको सोही नीतिलाई नै निरन्तरता दिएको भन्दै अध्यक्ष दुलालले दुखेसो पोखे ।
उनले भने,‘यो मौद्रिक नीतिले सबै क्षेत्रलाई सम्बोधन गर्यो तर हाम्रो भने डाउन पेमेन्ट १० प्रतिशत बनाउने एउटा मात्र सुझावको पनि सम्बोधन भएन ।’ उनले अटोमोवाईलको विकासबिना देशको विकास सम्भव नहुने उनको भनाई छ । उनले भने,‘तर, मौद्रिक नीतिमा यो क्षेत्रलाई निरुत्साहित गर्ने काम भयो । हाम्रो यसमा घोर आपत्ति छ ।’
FACEBOOK COMMENTS