काठमाडौं- नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा कार्यरत सहायक स्तरदेखि अधिकृत स्तरसम्मका कर्मचारीलार्इ अनिवार्य तालिम दिनुपर्ने व्यवस्था गरेको छ।
बैंक तथा वित्तीय संस्थामा नियुक्ती भएको दुर्इ वर्ष भित्रमा बैंकिङ तालिम दिनुपर्ने मौद्रिक नीतिमा उल्लेख छ।
अघिल्लो मौद्रिक नीतिमै बैंक तथा वित्तीय संस्थाले नाफाको एक प्रतिशत रकम कर्मचारीको तालिमको लागि खर्च गर्नुपर्ने व्यवस्था गरेको थियो।
यो व्यवस्था अनुसार कर्मचारीलार्इ तालिम नदिएर अन्यत्रै खर्च गरेपछि राष्ट्र बैंकले बाध्यकारी व्यवस्था ल्याएको हो।
FACEBOOK COMMENTS