काठमाडौं, पुस २० -पश्चिमी वायुको प्रभाव शनिबार साँझदेखि कमजोर भएपछि मौसममा क्रमिक सुधार आउने भएको छ। आज आइतबारदेखि मुलुकका अधिकांश भेगको मौसम खुला हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
पश्चिमी वायुको प्रभाव कमजोर हुँदै गएकाले आइतबार र सोमबार देशभरकै मौसम सामान्यतया सफा हुने मौसमविद्ले बताएका छन् ।
अहिले काठमाडौं उपत्यकासहित देशका केही ठाउँमा देखिएको कुहिरो पनि दिउँसोपछि हट्दै गएर घाम लाग्ने महाशाखाले जनाएको छ ।
उच्च पहाडी र हिमाली भेगको मौसम आंशिक प्रभावित हुने भए पनि अन्यत्रको मौसम सुधार हुनेछ । ।शनिबार मध्यपश्चिम र सुदूरपश्चिमको तुलनामा काठमाडौं उपत्यकासहित मध्य र मुलुकको पूर्वीभेगको मौसम प्रभावित बनेको थियो।
मङ्गलबारदेखि भने नयाँ मौसमी प्रणाली देखिएकाले फेरि मौसम बदली हुने सम्भावना रहेको मौसमविदले बताएका छन् ।
FACEBOOK COMMENTS