सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओली प्रतिकूल मौसमका कारण सुर्खेतमा रोकिएका छन् ।
कर्णाली कोरिडोर अन्तर्गत हुम्लाको खार्पुनाथस्थित चुवाखोलाको बेलीब्रिज पुल उद्घाटन गर्न जान लागेका प्रधानमन्त्री ओली मौसम खराब भएपछि सुर्खेतमै रोकिएका हुन् ।
प्रधानमन्त्री ओली आज बिहान सुर्खेत आइपुगेका थिए ।
मौसम खराब भएपछि प्रधानमन्त्रीसहितको टिम वीरेन्द्रनगरस्थित नेपाली सेनाको उत्तर पश्चिम हेडक्वार्टर, नेवारेमा बसेको मुख्यमन्त्री कँडेलको सचिवालयले जानकारी दिएको छ ।
मौसममा सुधार आउनासाथ प्रधानमन्त्रीको टोली हुम्लातर्फ जाने बताइएको छ ।
खार्पु भएर बग्ने कर्णाली नदीको चुवाखोलामा निर्माण भएको बेलिब्रिज पुलले सिमकोटलाई कर्णाली करिडोरसँग जोड्दै देशको उत्तर-दक्षिण यातायातको ढोका खोलेको छ ।
FACEBOOK COMMENTS