काठमाण्डौँ — म्याग्दीका प्रदेश सरकारका कार्यालय र स्थानीय तहमा चालू आर्थिक वर्ष २०७५९७६ मा विनियोजित पुजीँगत बजेट खर्चको अवस्था निराशाजनक देखिएको छ ।
गण्डकी प्रदेशअन्तर्गत म्याग्दीमा रहेका ८ वटा कार्यालयले पुँजीगततर्फ विनियोजित बजेटमध्ये १२।३४ प्रतिशत खर्च गरेको कोष तथा लेखा नियन्त्रकको कार्यालय म्याग्दीले जनाएको छ ।
छ वटा स्थानीय तह मध्ये धेरैले खर्चको फाँटबारीसमेत नबनाएकाले विवरण सार्वजनिकनै गरेका छैनन् ।
प्रदेशका कार्यालयहरूमा ६० करोड ९ लाख १५ हजार रूपैयाँ बजेट विनियोजन भएकोमा माघ मसान्तसम्म ७ करोड ४२ लाख ५ हजार ६२२ रूपैयाँ खर्च भएको कोलेनिकाका सूचना अधिकारी विकास पौडेलले जानकारी दिए ।
— कारोबार
FACEBOOK COMMENTS