तनहुँ, चैत्र १५ – म्याग्दे गाउँपालिकाले हरेक टोल विकास समितिको अध्यक्षलाई कोभिड-१९ को रोकथाम र नियन्त्रणका लागि ईकाई कार्यान्वयन समुहको संयोजक बनाएको छ ।
म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवि रानाको अध्यक्षतामा शनिबार बसेको स्थानीय समन्वय समितिको बैठकले हरेक टोल विकास समिति मार्फत कोभिड-१९ को रोकथामका लागि समुह परिचालन गर्ने र तथ्यांक संकलन कार्यलाई प्रभावकारि बनाउने निर्णय गरेको हो ।
टोल विकास मार्फत कोभिड १९ का शंकास्पद व्यक्तिको तथ्यांक लिने,संक्रमणको लक्षण र आवश्यकता पहिचान गर्न लागिएको प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिलाले जानकारी दिए । संयोजकले त्यस्ता व्यक्तिको विवरण वडा अध्यक्ष वा स्वास्थ्यकर्मिलाई दिने बताउदै प्रमुख प्रशासकिय अधिकृत नागिलाले भने ुबिरामी व्याक्तिलाई तत्कालै उपचारको व्यवस्था गर्ने छौ।ु
म्याग्दे गापाले विभिन्न देशबाट आफ्नो गापामा आएका २१ व्यक्तिको विवरण लिई उनीहरूको स्वास्थ अवस्थाको निगरानी गरिरहेको छ । त्यस्तै,म्याग्दे गा. पा. भित्र आवश्यक ढुवानीको व्यवस्था थर्पु वजार उ द्योग वाणिज्य संघ ईकाईले गापाको समन्वयनमा गर्ने भएको छ ।
लकडाउनको समयमा दैनिक उपभोग्य सामानमा उपभोक्तालाई सहज होस भनेर सो निर्णय गरिएको प्रवक्ता शिवशरण वाग्लेले जानकारी दिए ।
FACEBOOK COMMENTS