म्याग्दे, माघ २८ – म्याग्दे गाउँपालिकाले गाउँपालिका भित्र रहेका १० विद्यालयलाई मंगलवार सेनेटरी प्याड वितरण गरेको छ । गाउँपालिका भित्र रहेका १० सामुदायिक विद्यालयलाई ५ हजार १ सय ७० थान सेनेटरी प्याड वितरण गरिएको हो ।
म्याग्दे गाउँपालिका अध्यक्ष माया देवी राना आले र प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले सयुक्त रुपमा सेनेटरी प्याड विद्यालयका प्रध्यानाध्यापक तथा शिक्षकलाई हस्तान्तरण गरेका छन् । विद्यालयमा अध्ययनरत छात्राहरु महिनावारीको अवस्थामा कक्षामा नियमित उपस्थिति हुन कठिनाई भएकोले उनीहरुको कक्षा नियमितताको लागी सहज हुने उदेश्यका साथ सो कार्यक्रम लागु गरिएको हो ।
यस माझमा मीन माध्यमिक विद्यालयमा १५०० प्याड, राधा माध्यमिक विद्यालय ११७० प्याड, महेन्द्र माध्यमिक विद्यालय ७०० प्याड, जनगणपती माध्यमिक विद्यालय ७०० प्याड, विजय आधारभुत विद्यालय १०० प्याड गणेश माध्यमिक विद्यालय ३०० प्याड, रत्न माध्यमिक विद्यालय ३०० प्याड, प्रभा आधारभुत विद्यालय २०० प्याड, अकला आधारभुत विद्यालय १०० प्याड, पसले आधारभुत विद्यालय १०० प्याड हस्तान्तरण गरिएको म्याग्दे गाउँपालिकाका प्रशासन शाखाका प्रमुख प्रदिप न्यौपानेले बताए । त्यसैगरि स्वास्थ्य शाखा प्रमुख तिलकराज घिमिरेका अनुसार सेनेटरी प्याड वितरणवाट विद्यालयमा अध्ययनरत छात्राहरुको कक्षा नियमित भई अध्ययन अध्यापनमा सहजता हुने बताए ।
FACEBOOK COMMENTS