अन्जनराज न्यौपाने
तनहुँ, ०८ चैत्र-नोवेल कोरोना भाइरस ९कोविड–१९० को सन्त्रास बढ्दै गएपछि तनहुको म्याग्दे गाउँपालिकाले बजारमा कृत्रिम अभाव हुन नदिन बजार अनुगमन कार्यलाई तिब्रता दिएको छ । बजार अनुगमन समितिका संयोजक एवम गाउँपालिकाका उपाध्यक्ष बालकृण्ण घिमिरेको नेतृत्वमा जामुने, बडरे, धयरे, घुम्ती र थर्पू बजारका किराना तथा ग्यास पसलको अनुगमन गरिएको हो । सो स्थानमा ग्यास तथा खाद्य सामानको अभाव नरहेको पाईएको प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले बताए ।
अनुगनका क्रममा पेय पदार्थ कोक, फेन्टा, स्प्राईट , मसला, सुजि लगायतका सामानहरू म्याद सकिएको पाईएको र त्यस्ता सामान जफत गरिएको उनले जानकारी दिए । नोवेल कोरोना भाईरसको सन्त्रास माझ कालोबजारी हुन सक्ने देखेर बजारमा कुनै पनि सामान अभाव हुन नदिनका लागि र बजारमा रहेका सामानको बारेमा जानकारी लिने उदेश्यका साथ बजार अनुगमन गरिएको उपाध्यक्ष बालकृण्ण घिमिरेले जनाए ।
बजार अनुगमनमा गाउँपालिका अध्यक्ष माया देवि राना, उद्योग वाणिज्य संघ थर्पु ईकाई अध्यक्ष भिमलाल श्रेष्ठ, गाउँपालिकाका लेखा अधिकृत नवराज पोखरेल, प्रशासन शाखा प्रमुख प्रदिप न्यौपाने, स्वास्थ्य शाखा प्रमुख तिलक घिमिरे, थर्पु प्रहरी प्रमुखको टोलीले बजार अनुगमन गरेको थियो । अनुगमनका क्रममा व्यापारीलाई मुल्य सुची टास गर्न, म्याद सकिएका सामान तत्काल नष्ट गर्न, पसलको साईनबोर्ड राख्न र दर्ता गर्न निर्देशन दिईएको अनुगमन सदस्य नवराज पोखरेलले बताए ।
FACEBOOK COMMENTS