काठमाण्डौँ — सरकारले म्यानपावर कम्पनीहरुका लागि ११ बुँदे निर्देशन जारी गरेको छ ।
वैदेशिक रोजगार विभागले म्यानपावर व्यवसायलाई मर्यादित र ठगीरहित बनाउन भन्दै विभागले ११ बुँदे परिपत्र गरेको छ ।
अहिले वैदेशिक रोजगारीमा नाममा विभिन्न प्रलोभन देखाएर म्यानपावर कम्पनीले कामदारलाई ठग्दै आएका छन् ।
यस्तो अवस्थामा म्यानपावर कम्पनीलाई पारदर्शी, उत्तरदायी र मर्यादित बनाउन विभागले विभिन्न निर्देशनसहित पत्र काटेको छ ।
म्यानपावरका कर्मचारीलाई कार्यालयमा परिचयपत्रसहित काम गराउनुपर्ने, फोटोसहित कर्मचारीको विवरण देखिने ठाउँमा राख्नुपर्ने, भिजिटङ कार्डमा कम्पनीको सम्पूर्ण विवरण उल्लेख गर्नुपर्ने लगायतका नियम पनि बनाइएको छ ।
अनुगमनमा नियमहरु मिचिएको भेटिए कारवाही गर्ने चेतावनी विभागले दिएको छ ।
FACEBOOK COMMENTS