काठमाडौं, मंसिर २८ – चीनको हूबेई प्रान्तका सरकारले म्यानमारलाई २० लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ । कोरोना महामारीसंग जुध्न चीनको राज्य सरकारले म्यानमारलाई शुक्रबार स्वास्थ्य सामाग्री प्रदान गरेको हो ।
म्यानमारलाई चीन सरकारले ३० हजार पीपीई, ३० हजार आईसोलेसन गाउन, ४२ हजार एन ९५ मास्क र १५० हजार सर्जिकल मास्क प्रदान गरेको हो । उक्त सामाग्रीहरु म्यानमार स्थित चिनियाँ राजदूतावासले म्यानमारको स्वास्थ्य मन्त्रालयलाई प्रदान गरेको हो ।
FACEBOOK COMMENTS