काठमाडौं । म्युजिक भिडियोसँग सम्बन्धित १२० जनालाई राहत वितरण गरिएको छ । म्युजिक भिडियो कलाकार संघ नेपालले कोरोनाका कारण समस्यामा परेका आफ्नो क्षेत्रसँग सम्बन्धित कलाकार, प्राविधिक एवं डान्सरहरुलाई राहत वितरण गरेको हो ।
शनिबार काठमाडौं अनामनगरबाट उनीहरुलाई राहत वितरण गरिएको हो । संघका अध्यक्ष शंकर बिसीका अनुसार देश–विदेशबाट प्राप्त सहयोग रकमबाट चामल, दाल, तेल लगायतका दैनिक उपभोग्य सामग्री वितरण गरिएको हो ।निषेधाज्ञाका कारण काम ठप्प भएपछि म्युजिक भिडियोसँग सम्बन्धित कलाकार, प्राविधिक एवं डान्सरहरु समेतलाई दैनिक गुजारा चलाउन समस्या भएको थियो । संघले दैनिक उपभोग्य सामग्री सहयोग गरेसँगै उनीहरुले राहत महसूस गरेका छन् । राहत वितरणमा म्युजिक भिडियोका चलेका कलाकारहरुको उपस्थिति थियो ।
FACEBOOK COMMENTS