काठमाण्डौ, भदौ ५- अभिनेत्री रेखा थापाले आज मनाइने नेपाली-हिन्दु महिलाहरूको महान् चाढ तीजको उपलक्ष्यमा सम्पूर्ण दिदी बहिनीहरूलाई शुभकामना दिएकी छिन्।
“तीजको अवसरमा सम्पूर्ण दिदी बहिनिहरूलाई शुभकामना।” सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेकी छिन्, “यसपालिको तीज सामुहिक रूपमा मनाउन नपाए पनि हामी सबैको आस्था र विश्वाश कमजोर छैन। महामारीको यो समयमा सबैले सुरक्षित र सावधानी साथ तीज मनाउने छौँ। र, अर्को साल हामी भब्य रूपमा एकसाथ तिज मनाउँला। सुस्वास्थ्यको कामना!!!”
कोरोना भाइरसको महामारीका कारण यसवर्षको तीज घर भित्रै मनाउन सरकारले आग्रह गरेको छ।