काठमाडौं, २४ वैशाख – राज्यले आफ्नो नागरिक प्रति कस्तो निती लिन्छ भन्ने कुरा पक्कै पनि देशमा मौजुद प्रणाली र शासकवर्गको ब्यवहारबाट झल्कन्छ । राज्यले ‘सिटिजन’ लाई कति महत्व दिन्छ भन्ने सवालमा राज्यले गर्ने ब्यवहारबाट नै प्रस्ट हुन्छ । यस्तै एक प्रसंगलाई अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले आफ्नो फेसबुक स्टाटस मार्फत उजागर गर्ने प्रयास गर्नुभएको छ ।
भण्डारी लेख्छन्….: यस्तो पो हो त नागरिकहरू प्रतिको जवाफदेहिता अष्ट्रेलिया भ्रमणमा रहेका नेपाली मुलका अमेरिकन नागरिक मेरा अाफन्त १ जाेडि संग २ हप्ता जति अगाडि टेलिफाेन सम्बाद भएकाेथियाे, अष्ट्रेलियाबाट नेपाल जाने टिकट रहेकाे र लकडाउनका कारण सम्भव नभईरहेकाे कुरा बताउनु भएकाे थियाे, तर अाज अकस्मात उहाँसंग कुराकानी भयाे उहाँहरू ४ दिन पहिलेनै अमेरिका पाे फर्किसक्नु भएकाेरहेछ, याे थाहा पाएपछि मैले अहिलेकाे समयमा याे कसरी सम्भव भयाे ? त भनेर प्रश्न राखें, जवाफ यस्ताे थियाे: “अष्ट्रेलिया स्थित अमेरिकन एम्बेस्सी संग सम्पर्क राख्याैं, उनीहरूलेनै सबै बन्दाेवस्त मिलाए उताबाट उडेर क्यालिफोर्निया अायाैं, त्यहाबाट …..यता वासिङ्टन ! ( काेराेनाकाे भयावह र महामारीकाे अत्यन्तै प्रभावित मुलुक भएर पनि अाफ्ना नागरिकहरूलाई “जहाँ छाै, त्यहीँ बस नभनी अाफ्नै मुलुक फर्कन ब्यबस्था मिलाउने” यस्ताे पाे हाे त अाफ्ना नागरिकप्रतिकाे राज्यकाे जवाफदेहिता!)
FACEBOOK COMMENTS