नेपालमा हुवानबाट नेपाल आएका एक व्यक्तिमा पहिलो पटक २३ जनवरीमा कोरोनाको संक्रमण भेटिएको थियो । यसको झण्डै २ महिना पछि यसको संक्रमण रोक्नको लागी देशलाई लकडाउन गरियो । आज ३२ दिन भएको छ । लकडाउनको १ महिना भित्र ४९ जनामा संक्रमण भेटिएको छ भने १२ जना सन्चो भएर घर फर्कि सकेकाछन् । हामी भाग्यमानी सम्झनु पर्छ, हाल सम्म सक्रमित भेटिएकाहरु कसैको मृत्यु भएको छैन र ३७ जना जो उपचारको क्रममा छन् उनीहरु पनि त्यस्तो सिकिस्त देखिएका छैनन् ।
मुख्यतयः विश्वमा दुई प्रकारको विधी कोरोनाको संक्रमण रोक्न अपनाएको देएिकोछ । पहिलो हो चिनिया मोडल, चिन सरकारले अबलम्बन गरेको संक्रमण रोक्ने उपायलाई विश्वका धेरै देशहरुले अपनाएका छन र नेपालले पनि चाइनिज मोडेललाई अपनाएको छ । जुन चिन सरकारले महामारीकोे रुपमा अगाडि बढेको संक्रमण रोक्नको लागी पूर्णरुपमा लकडाउन गरेको थियो । नेपालले पनि हालसम्म त्यही मोडालिटी अपनाएकोछ र हामी अहिले ३२ औं दिनमा छौं ।
अर्को मोडल हो, ताइवान, हङकङ र दक्षिण कोरीयाहरुले अपनाएको मोडालीटी । यी देशहरुले अन्तराष्ट्रिय उडानलाई पूर्ण निशेध गरेकाछन् तर देशलाई सुरक्षित रुपमा आंशिक खुला गर्ने निती अपनाएकाछन । अहिले विश्वले प्रसंशा गरेको मोडालीटी भने ताइवान, हङकङ र दक्षिण कोरीयाले अपनाएको मोडालीटी देखिएकोछ ।
नेपालले अब दुबै मोडालिटीलाई मिसाएर पूर्ण निशेष र खुला क्षेत्रगरी देश र जनतालाई विस्तारै समान्य दैनिकीमा अगाडि बढाउनु उपयोगी हुनेछ ।
नेपाल जस्तो गरिब र आर्थिक निरर्भरतामा चलिरहेको देशले यस प्रकारको पूर्ण लकडाउनलाई धान्न सक्ने देखिदैन । अब अर्को १÷२ महिना पूर्ण लकडाउन हुने हो भने देश अर्थिक रुपमा टाटपल्टन सक्ने, बेरोजगारी अत्यधीक हुने, झण्डै ५० प्रतिशत साना ठूला उधोग, व्यवसायहरु पूर्णत बन्द हुने अबस्था नआउला भन्न सकिदैन । जवकी अर्को १/२ महिनामा लकडाउन खोल्न सकीने पनि कुनै ग्यारेन्टी छैन यस अबस्थामा कोरोनाबाट बच्नु सगै हामी आर्थिक मन्दीबाट पनि जोगीनु जरुरी देखिन्छ । हामीले यसमा ध्यान दिन सकेनौं भने रोगबाट जिते पनि भोकसँग अर्को लडाई लड्नु पर्ने हुनसक्छ । रोग र भोक दुबैबाट बच्न अबको हाम्रो लकडाउनको मोडालीटी यस्तो हुन सक्छ ।
१. अर्को कम्तीमा ६ महिनाको लागी पूर्ण प्रतिबन्धीत क्षेत्रहरु:
सिमाना र अन्तराष्ट्रिय हवाई सेवाहरु :तल्कालको लागी सम्पूर्ण अन्तर्राष्ट्रिय सिमानाहरु बन्द हुनु जरुरी छ । भारतमा संक्रमणको लेभल नघटेको अबस्थामा सरकारले पुर्ण रुपमा भारतिय सिमानाहरु पनि बन्द गर्नु पर्दछ भने तेश्रो विश्वलाई समेत रोक्नको लागी अन्तराष्ट्रिय हवाई सेवाहरु समेत पूर्णरुपमा बन्द हुनु जरुरी छ ।
तर हामीले मुख्यतयः कच्चा पदार्थहरु जो विभिन्न उधोग संचालनको लागी आबश्यक छ पूर्णरुपमा आयात गर्न र नेपालबाट निर्यात हुने कुनै बस्तुहरु छन् भने खुला गरि सुरक्षित निर्यातको लागी ति देशहरुसँग बर्ता गर्न सरकारले कुटनैतिक पहल तुरुन्तै गर्न जरुरीछ । देश र यहाँको जनताले यस प्रकारको लकडाउनमा महंगी धान्न सक्ने अबस्था छैन । यस बेरोजगारीको समयमा जनतालाई मंहगीबाट राहत दिनु सरकारको दायित्व हो भने नेपालका औषधि लगाएत उधोगहरु कच्चा पदार्थको अभावबाट जोगाउनु पनि राज्यको दायित्व हो । देशमा उत्पादित समानहरुको निर्यातको उचित व्यवस्थापन गर्न ढिलो नै भए जस्तो लाग्छ नत्र हाम्रो व्यपार घाटा डरलाग्दो हुनेछ भने स्वदेशी उधोगहरु पनि डुब्नेछ ।
यस सगै हामीले तेश्रो देश र भारतबाट नेपाल आउन चाहाने नेपालीहरुको लागी पनि नेपाल प्रबेशको लागी आबश्यक व्यवस्था गर्नु पर्ने देखिन्छ । उनीहरुलाई नेपालले अबिभाबकत्व दिन चुक्नु हुदैन् । यसको लागी उनीहरुलाई १४ दिनको क्वारेन्टाईनमा राखी उनीहरुबाट आउने जोखिम कम गर्न सकिन्छ ।
२. अर्को १ देखी बढिमा २ महिना पूर्ण प्रतिबन्धीत गर्नु पर्ने क्षेत्रहरु : नेपाल सरकारले तुरुन्तै नेपाललाई ३ क्षेत्रमा बिभाजन गरी अति जोखीम क्षेत्र, जोखीमयुक्त क्षेत्र र निम्न जोखिम भएको क्षेत्रको रुपमा ति क्षेत्रहरुको जोखिमको आधारमा लकडाउनको व्यवस्थापन गर्ने ।
अति जोखीम युक्त क्षेत्रःउदयपुर जस्तो सबभन्दा बढि संक्रमित रहेका क्षेत्रहरुलाई अर्को १ देखी बढिमा २ महिना पूर्ण लकडाउन गर्ने ।बढि भिड हुने क्षेत्रहरु :नेपाल भर संचालीत बढि भिड हुने अथवा १० जना भन्दा बढि मानिसहरु भेला हुने क्षेत्रहरु सिनेमा हल, स्कुल, कलेज, ठुला डिपार्टमेन्ट स्टोर, सपिङ सेन्टरहरु, सर्बजनिक सबारी साधनहरु, अन्तरदेशीय हवाई उडानहरु, होटल तथा रिसोर्टहरु, ठुला रेष्ट्रुरेन्टहरु, स्पा तथा पर्लर, विभिन्न उधोगहरुलाई अति जोखीम क्षेत्रको रुपमा कम्तीमा अर्को १ महिना नेपाल अधिराज्यभरी बन्द राख्ने ।
तर अत्यबश्यक समानहरु विक्री गर्ने र काम गर्ने क्षेत्रहरु जस्तो खाध्यान्न, औषधी, तरकारीहरुलाई अंशिंक रुपमा खोल्ने र सके सम्म यी क्षेत्रहरुलाई पनि अनलाइन र फोनबाट संचालन गर्ने गरी उनीहरुलाई प्रोत्साहन गर्न सके राम्रो हुनेछ । यस प्रकारको व्यवसाय संचालनको लागी सरकारले पूर्ण रुपमा मापदण्ड बनाउने र स्थानिय निकायको स्वीकृतीमा सुरक्षाको मापदण्ड पुरा गरेको अबस्थामा खोल्न अनुमती दिने ।
३. अर्को १ हप्ता लकडाउन मै राख्ने क्षेत्रहरु :जोखिमयुक्त क्षेत्र :पहिला संक्रमण भेटिएको र हाल सबै संक्रमीतहरु निको भइसकोको र हाल कुनै पनि नयाँ संक्रमण नभेटिएको क्षेत्रलाई जोखिमयुक्त क्षेत्रको रुपमा आउदो १ हप्ताको लागी लकडाउन जारी गर्ने । यि क्षेत्रमा पनि अति आबश्यक बस्तुहरुको व्यवसायलाई पूर्ण सुरक्षित मापदण्ड पुरा गर्ने गरी खुला गर्ने ।
४. यही आउदो हप्ता नै खुला गर्न सक्ने क्षेत्रहरु :कम जोखिम क्षेत्र :हाल सम्म कुनै पनि संक्रमण नभेटिएको क्षेत्रहरुलाई आउदो बैशाख १५ गतेबाट अंशिक खुल्ला गर्ने । यस क्षेत्रमा माथि राखिएको बढि भिड हुने क्षेत्र बाहेक अन्य सबै क्षेत्रहरुलाई खुला गर्ने । यसको लागी आबश्यक मापदण्ड तुरुन्तै जारी गर्ने र मापदण्डले तोकेको सुरक्षा व्यवस्था पुरा गर्ने बाँकी सबै व्यसायहरुलाई खुला गरी विस्तारै जनताहरुलाई पुरानो समान्य दैनिकीमा फर्काउन कोसिस गर्ने । यसमा बाहिर निस्कने व्यक्तिहरुले अपनाउनु पर्ने मापदण्ड र व्यवसायीहरुले पालन गर्नु पर्ने मापदण्ड बनाएर यसको पूर्ण निरिक्षण गरि समान्य दैनिकीको सुरुवात गर्नु पर्ने हुन्छ ।
अन्तमा, यस प्रकारको बिभाजित लकडाउन गर्दा एक क्षेत्रबाट अर्को क्षेत्रको प्रबेश भने पूर्ण रुपमा रोक्नु जरुरी हुनेछ । एक क्षेत्रबाट अर्को क्षेत्रमा हुने व्यापार तथा ढुवानी गर्दा पनि पूर्ण रुपमा सुरक्षित मापदण्ड बनाई गर्नुपर्छ र कृषि उत्पादनलाई निशेष नगरि कृषकहरुबाट उत्पादीत बस्तुहरुलाई सरकारले एक क्षेत्रबाट अर्को क्षेत्रमा लैजानको लागी आबश्यक व्यवस्था हुनु जरुरीछ ।
हामीले कुनै पनि हालतमा आर्थिक क्षेत्रहरुलाई मध्यनजर राखेर योजनाहरु बनाउनु जरुरीछ । नत्र रोग पछिको भोकलाई अर्को महामारीको रुपमा बहन गर्नु पर्ने देखिन्छ ।
अर्को महत्वपुर्ण यस प्रकारको लकडाउन मोडालिटीलाई प्रत्येक हप्ता देखिने र भेटिने संक्रमणको आधारमा पुर्नविचार गर्ने र यस विच सबै क्षेत्रहरु जो खुला हुन चाहेको छ उनीहरुलाई राज्यले मुख्यतयः सेनिटाईजेशनको लागी आबश्यक औषधी तथा अन्य आबश्यक सुरक्षा समाग्रीहरुको सरल र सहज तरीकाबाट उपलब्ध गराउनु अति अबश्यक छ ।
यसरी अंशिक रुपमा खुला गरिएको क्षेत्रहरुलाई सुरक्षित राख्नको लागी ताइवान, हङकङ र दक्षिण कोरीयाहरुले अपनाएको विधी हरेक क्षेत्र तथा ठाउँमा प्रबेश गर्दा गरिने सेनिटाइज गर्ने र मास्क र पन्जालाई अनिबार्य गर्नु पर्छ ।
मनोज कुमार कँडेल(अधिबत्ता/बालअधिकारकर्मी)
ReplyForward |
FACEBOOK COMMENTS