काठमाण्डौँ — चीन जोड्ने एक मात्र अन्तर्रा्ष्ट्रिय रसुवागढी नाका एक महिनादेखि ठप्प भएको छ ।
रसुवागढी नाका नजिकैको पहिराले घट्टेखोलाको पुललाई बाढीले र्पुयाएको क्षति र गोसाइँकुण्ड गाउँपालिका ५ को खोपाङ भीरको पहिराले यातायात अवरुद्ध भएपछि एक महिनादेखि नाका ठप्प भएको हो ।
बाढीले क्षति र्पुयाएको पुल मर्मतमा ढिलाइ हुँदा साउन १२ देखि नाकामा यातायात ठप्प भएको छ ।
चाडवाडका लागि नेपाल ल्याउन लागिएका अर्बौं मूल्यका सामान चीनको केरुङमा थन्किएका छन् ।
करिब १ हजार २ सय कन्टेनर बराबरको सामान केरुङमा थन्किएको व्यवसायी टपिन्द्र तिमिल्सिनाले बताए ।
— कान्तिपुर
FACEBOOK COMMENTS