काठमाडौं, कात्तिक २१ – सरकारले सवारी करमा जरिवाना छुटका लागि दिएको म्याद कात्तिक मसान्तमा सकिंदैछ । त्यही कारण कोरोना भाइरस संक्रमणको जोखिमकै बीच यातायात कार्यालयमा कर तिर्न भिड बढेको छ । तर अनलाइनमार्फत नै कर तिर्ने र म्याद थप्नेतिर सरकारको ध्यानै छैन । बागमती प्रदेश मातहतको साना ठूला यातायात सवारी कार्यालय दशैं विदापछि बल्ल विहिबार खुल्यो ।
कर्मचारीलाई कोरोना संक्रमण भएकाले उसले दशैं विदा अघि पनि नियमित सेवा दिएको थिएन । जबकि गत आर्थिक वर्षको सवारी कर बुझाउने म्याद कात्तिक मसान्तमा सकिंदैछ । तर कार्यालयले जोर बिजोर प्रणाली लागू गरेको छ ।
कात्तिक मसान्तपछि जरिवाना तिर्नु पर्ने भएकाले कार्यालयमा सेवाग्राहीको थेगिनसक्नु भिड छ । कर तिर्न भिड लागेको एकान्तकुनास्थित कार्यालयमा मात्र होइन । सबै प्रदेश सरकार मातहतका कार्यालयमा यतिखेर सेवाग्राहीको भिड छ ।
FACEBOOK COMMENTS