काठमाडौं, वैशाख १६ । यातायात व्यवस्था कार्यालयले आफ्ना सबै काम अनिश्चितकालका लागि बन्द गरेको छ। कार्यालयले एक सूचना जारी गर्दै निषेधाज्ञाको समयमा अर्को सूचना जारी नभएसम्म सबै सेवा बन्द गरेको बताएको हो ।
जसअनुसार सवारी चालकको अनुमति पत्रको लिखित तथा प्रयोगात्मक परिक्षा, नयाँ सवारी दर्ता, सवारी चालकको वर्ग थप र राजश्व संकलनको काम बन्द भएको छ। कार्यालयले कोरोनाको दोस्रो लहरबाट बच्नलाई सबै सेवा बन्द गरेको जानकारी दिएको छ।
FACEBOOK COMMENTS