काठमाडौँ —सरकारले यात्रु बिमाको सीमा (रकम) बढाउने तयारी गरेको छ ।
यसका लागि यातायात व्यवस्था विभागले बिमाको दर रेट निर्धारण गर्न बिमा समिति (बिमा सल्लाहकार समिति) लाई आग्रह गरेको छ ।
स्रोतका अनुसार विभागले दुर्घटनाबाट घाइते यात्रुको उपचारका लागि ५ लाख, मृत्यु भएमा १० लाख र आजीवन घाइते (हेड इन्जुरी) भए १५ लाख रुपैयाँसम्मको बिमा हुने गरी दर तोक्न आग्रह गरेको जनाएको छ ।
विद्यमान कानुनी व्यवस्थाअनुसार हाल सवारी दुर्घटनाबाट घाइते भएमा उपचारका लागि बिमाबापत बढीमा प्रतिव्यक्ति ३ लाख रुपैयाँ र मृत्यु भएमा प्रतिव्यक्ति ५ लाख रुपैयाँसम्म भुक्तानी पाइन्छ ।
हालको व्यवस्थामा मस्तिष्क घात (हेड इन्जुरी) का रूपमा वर्गीकरण गरी बिमा दाबी भुक्तानी गर्ने व्यवस्था छैन ।
दुर्घटनाबाट धेरै यात्रु घाइते हुने क्रम बढेपछि विभागले यो व्यवस्था पनि थप्न लागेको विभागका महानिर्देशक लावण्यकुमार ढकालले बताए ।
— कान्तिपुर
FACEBOOK COMMENTS