काठमाण्डौँ — सरकारले यात्रु बिमा बढाएर १५ लाख रुपैयाँ पु(याउने भएको छ।
यसअघि ५ लाख थियो।
सवारी यात्राका क्रममा दुर्घटना भई दीर्घ रोग लागेमा सात लाख रुपैयाँ बिमावापत सरकारले दिने व्यवस्था गरेको छ।
त्यस्तै घाइते भए यात्रुले तीन लाख पाउँछन्।
यातायात व्यवस्था विभागका निर्देशक गोकर्णप्रसाद उपाध्यायले यात्रुको बिमा बढाउन विभागले गृहकार्य अघि बढाएको बताए।

— नागरीक
