युएईमा हुन लागेको ईन्डियन प्रिमियर लिग (आईपीएल) अघि चेन्नई सुपरकिङ्ग्सका कम्तिमा १० जना सदस्य कोरोना पोजेटिभ पाइएका छन् । यसमा एक भारतीय क्रिकेटर पनि सामेल छन् जसको बारे अहिले जानकारी दिइएको छैन ।
ईएसपीएनको वेबसाइटका अनुसार चेन्नईको टोलीका सपोर्ट स्टाफ, नेट बलर र एक टीम अधिकारीकी पत्नीसहित १० जना कोरोना संक्रमित भएका हुन् ।
कोरोना महामारीका कारण आईपीएल निर्धारित समयमा हुन सकेको थिएन । यसलाई भारतबाट यूएईमा सार्न परेको थियो ।
चेन्नई सुपरकिङ्ग्सको टोलीका गत २१ अगस्तमा दुबई पुगेको थियो र तय कार्यक्रमअनुसार शुक्रबारबाट प्रशिक्षण शुरु गर्नुपर्ने थियो ।
टीमका १० सदस्य कोरोना संक्रमति पाइएपछि अब १ सेप्टेम्बरबाट मात्र प्रशिक्षण सुरु हुनेछ । आईपीएल १९ सेप्टेम्बरबाट शुरु हुँदैछ ।
प्राप्त जानकारीका अनुसार पोजेटिभ पाइएका सबै सदस्यलाई एक अलग होटलमा स्वास्थ्यकर्मीको निगरानीमा राखिएको छ । उनीहरु कम्तिमा दुई हप्ता आइसोलेसनमा बस्नुपर्ने हुन्छ ।
उता, चेन्नईले ट्वीटरमार्फत सुरेश रैना व्यक्तिगत कारणले भारत फर्किएको र यो सिजन आईपीएल खेल्न नपाउने जानकारी दिएको छ ।
उनी के कारणले भारत फर्किनु परेको हो भन्ने खुलाइएको छैन ।
FACEBOOK COMMENTS