काठमाडौं– युनाइटेड फाइनान्समा भारतको मुत्तुट फाइनान्सको लगानी भित्रिएको छ।
मुत्तुटले संस्थागत समुह अन्र्तगत रहने गरी थप २१ लाख कित्ता सेयरमा लगानी गर्ने गरी ३९ करोड ९० लाख रुपैयाँ लगानी गरेको हो।
अंकित मूल्य १०० रुपैयाँमा ९० रुपैयाँ प्रिमियम थपेर १९० रुपैयाँका दरले लगानी गरेको हो।
मुत्तुटका अध्यक्ष एमजी जर्जले युनाईटेड फाईनान्ससँगको सहकार्य नेपालमा संयुक्त लगानीको शुरुवात मात्र भएको र भविष्यमा बैंकिङ तथा वित्तिय क्षेत्र, बिमा, शिक्षा जस्ता अन्य क्षेत्रमा समेत लगानी बढाउन सकिने बताएका छन् ।