काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीको साधारण सेयर (आईपीओ) बाँडफाँड भएको छ ।
साधारण सेयर बिक्री प्रबन्धक प्रभु क्यापिटलले आज आईपीओ बाँडफाँड गरेको हो । कम्पनीको आईपीओमा आवेदन परेकाे कुल २१ लाख ८२ हजार ७ सय ७५ आवेदनमध्ये दोहोरो आवेदनका कारणबाट रद्ध भएका ४ हजार ८ सय १ र अन्य कारणबाट आवेदन रद्ध भएका ६५ हजार १ सय ७५ बाहेक बाँकी रहेका योग्य आवेदनहरु २१ लाख १२ हजार ७ सय ९९ वटामध्येबाट ५ लाख ८० हजार ५ सय जनालाई न्यूनतम १० कित्ता सेयर परेकाे बताइएकाे छ ।
कम्पनीले असार २४ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँको दरले कुल ६४ लाख ५० हजार कित्ता सेयर बिक्री खुला गरेको हो । त्यसमा ३ लाख २२ हजार ५०० कित्ता कर्मचारी र ३ लाख २२ हजार ५०० कित्ता म्युचुअल फन्डको लागि छुट्याइएको थियो । ५८ लाख ५ हजार कित्ता भने सर्वसाधारणका लागि छुट्याइएको थियो ।
बिक्री प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट, यूनियन लाइफ इन्स्योरेन्सकाे वेबसाइट र सीडीएस एन्ड क्लियरिङको वेबसाइट मार्फत आईपीओकाे नतिजा हेर्न सकिन्छ ।
बाँडफाँडको नतिजा हेर्न
https://results.prabhucapital.com
https://iporesult.cdsc.com.np
https://iporesult.unionlife.com.np
FACEBOOK COMMENTS