लकडाउनका उपायहरु खुकुलो पार्न सुरु गरेपछि युरोपमा महिनौँपछि पहिलोपटक कोभिड–१९ का संक्रमितको संख्यामा तीव्र गतिमा वृद्धि हुन थालेको विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ०ले जनाएको छ । अर्मेनिया, स्वीडेन, मोल्डोभा लगायत ११ देशमा संक्रमणको गति अत्यधिक बढेको क्षेत्रीय निर्देशक डा। हान्स हेनरी क्लुगले जानकारी दिए । आफूले यसबारे पहिले नै जानकारी दिएको र आफ्नो चेतावनीले मूर्त रुप पाएको उनले बताए ।
विश्व स्वास्थ्य संगठनको युरोपेली क्षेत्रमा मात्रै २० लाख ६० हजार कोभिड–१९ का संक्रमित छन् भने यहाँ १ लाख ९५ हजारको मृत्यु भइसकेको छ । यसमा ५४ देश, सात युरोपेली क्षेत्र, मध्य पूर्व र मध्य एसिया रहेका छन् । दैनिक करिब २० हजार नयाँ संक्रमित थपिएका छन् भने सात सयको मृत्यु भइरहेको छ ।
‘मैले पछिल्लो थुप्रै हप्तादेखि कोरोनाको संक्रमण पुनः फैलन सक्ने बारे कुरा गरिरहेको थिएँ,’ डा। क्लुगले भर्चुअल पत्रकार सम्मेलनमा बिहिबार भने । ‘युरोपका थुप्रै देशमा यस्तो खतरा वास्तविकतामा परिणत भइसकेको छ । पछिल्लो दुई हप्तामा ३० देशमा संक्रमितको संख्यामा ह्वात्तै वृद्धि भएको छ ।’
FACEBOOK COMMENTS